नेपाल विद्यालय कर्मचारी परिषदले गर्‍यो विद्यालय बन्दका कार्यक्रम स्थगित

काठमाडाैं | भदौ १४, २०७९

नेपाल विद्यालय कर्मचारी परिषदले गर्‍यो विद्यालय बन्दका कार्यक्रम स्थगित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएपछि आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषदले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको छ।

 

सोमबार बैठक गरेर परिषदले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको हो। मन्त्रालयले यही भदौ १२ गते परिषदलाई वार्तामा आउन आग्रह गरेको थियो।

 

भदौ १२ देखि परिषदले देशैभरका सामुदायिक विद्यालयमा तालाबन्दी गर्दै पठनपाठन हुन दिएको थिएन। परिषदले बन्दका कार्यक्रम स्थगित गरेपछि आजदेखि विद्यालयमा पुनस् पढाइ सञ्चालन हुनेछन्।

 

विद्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको आन्दोलन परिचालन समितिका संयोजक बब्बनकुमार मिश्र, महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


विद्यालय कर्मचारीले पारिश्रमिक वृद्धिलगायत विभिन्न सेवा सुविधाका माग राखेर भदौ १ गतेदेखि चरणवद्ध आन्दोलन गर्दै आएका छन्।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्